आवरउदयपुर,साउन ३२ ।
प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाएका छ ।
आज सिंहदरबारमा सञ्चराकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए । उनले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाए ।
उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको बताए । ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसकेको भन्दै उनले भने, ‘सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति चयन हुनुपर्छ । तर सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका छ ।’
उनले अहिले सत्ता पक्ष र विपक्षमा दुबैतिर कम्युनिष्ट रहेको भन्दै उनले काँग्रेस पुच्छरको भूमिका रहेको बताए ।