आवरउदयपुर,साउन ३१ ।
विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
सीआईबीले हिजो (मंगलबार) राति राजधानीका विभिन्न स्थानबाट तीन महिलासहित चार चिनियाँ नागरिकलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले जानकारी दिए । उनले तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काईलाई पक्राउ गरिएको बताए ।
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजश्व छलि तथा संगठित अपराधको कसूरमा अनुसन्धान अगाडि बढाइएको कठायतले बताए ।
राजश्व अनुसन्धान विभागले ३ साउनमा ‘ब्रेक शु’मा जडान गरिएको सुन बरामद गरेको थियो । जसको तौल जम्म १५५ किलो थियो । तर, मंगलबार त्यसबाट निकाल्दै गालेर जोग्दा सुन ६० किलो मात्रै भएको छ ।