आवरउदयपुर,साउन ३१ ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले निजामती विधेयक चालु अधिवेशनमै सदनमा दर्ता हुने बताएका हुन् ।

उनले विधेयक पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस गरिएको बताए ।

संविधान जारी भएको आठ वर्ष पूरा भइसक्दासमेत संघीय निजामती ऐन जारी नभएपछि सरकारको काम गर्ने तरिका र प्राथमिकताका विषयमा आलोचना हुँदैआएको छ ।

सुशासन प्रदान गर्ने सन्दर्भमा देखिएको निर्णय प्रक्रियामा हुने ढिलासुस्ती हटाउन सुधारको कार्य योजना अघि बढाइएको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय