आवरउदयपुर,साउन २९ ।
नेकपा एमालेले असोज मशान्तभित्र प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ ।

आज (सोमबार) बसेको पार्टीको सचिवालय बैठकले असोज मसान्त भित्रै प्रदेश अधिवेशन गर्ने निर्(ाय गरेको हो । बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको छ।

जस अनुसार भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेश, असोज ८ र ९ गते बागमती प्रदेशको अधिवेशन तय भएको छ ।

त्यस्तै कर्णालीको अधिवेशन असोज १० र ११ गते, कोशीको असोज १२ र १३ गते, गण्डकीको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते अधिवेशन तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय