आवरउदयपुर,साउन २९ ।
गण्डकी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रमका लागि सभामुख कृष्ण धितालले प्रदेशसभाको बैठक स्थगित गरिएको बताए ।
राप्रपाले सोमबार आफ्नो कार्यकर्ता भेलाका लागि अध्यक्ष राजेन्द्र लिङ्देन आउने भन्दै प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेको थियो ।
राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले पार्टी अध्यक्ष लिङ्देन आउने भनेर प्रदेशसभा बैठक स्थगित गर्न भनिएको तर मौसमका कारण उनी पनि नआएको जानकारी दिए । राप्रपाले यो कार्यक्रम मंगलबारका लागि सारेको छ ।
तर मुख्यमन्त्री पाण्डेले आफ्नो तयारी नपुगेको बताएका थिए भने सरकारले अरु बिजनेससमेत दिएको थिएन ।