आवरउदयपुर,साउन २७ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जनमत पार्टीलाई सहभागी गराउन आफ्नै पार्टीका एक मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।
माओवादी निकट स्रोतका प्रचण्डले सरकारमा रहेका पाँच मन्त्रीहरु मध्येबाट एक जनालाई फिर्ता बोलाएर जनमतको सत्तारोहण गराउने तयारी गरेका हुन् ।
उनले माओवादीबाट सरकारमा सहभागी मन्त्रीमध्ये संस्कृति पर्यटन तथा नागरिक उ्ड्यन मन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीमध्ये एक जनालाई सरकारबाट फिर्ता बोलाउने गरी गृहकार्य गरिरहेका छन् ।
माओवादीले सरकारमा प्रधानमन्त्रीसहित पाँच मन्त्रालय र एक राज्यमन्त्री पाएको छ। सरकारमा नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि, अमनलाल मोदी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री,सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उ्ड्यन मन्त्री र सुशीला श्रीपाली राज्यमन्त्री रहेका छन्।
यस अघि जनमत पार्टीका तर्फबाट अब्दुल खान खानेपानी मन्त्रालयसहित सरकारमा सहभागी भएका थिए। सरकारमा सामेल भएको उक्त पार्टीले रोजेको मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिएको थियो।