आवरउदयपुर,साउन २४ ।
नेकपा (एमाले)का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रूपमा नेपाल भित्रिएको सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन् ।

एमाले गण्डकी प्रदेश संगठन कमिटीको चौधौँ पूर्ण बैठकका निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्च स्तरीय समिति गठन गरेमा एमालेले सदन अवरुद्ध नगर्ने बताए ।

वर्तमान सरकारले भ्रष्टाचार र दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न नसकेकोप्रति उनले दुःख व्यक्त गरे ।

साथै उनले चौधौँ पूर्ण बैठकले गण्डकी प्रदेशको प्रथम अधिवेशन आगामी असोज १५ र १६ गते पोखरामा आयोजना गर्नेलगायत विभिन्न आठ निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय