आवरउदपुर,साउन २२ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सबै दल मिलेर प्रदेशमा स्थिर सरकार
बनाउनु पर्नेमा जोड दिएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यान हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
थापाले अहिले पनि सरकार कामचलाउ नै रहेको भन्दै उनले स्थिर सरकार बनाउनुपर्ने बताए । उनले स्थानीय तहलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकारका तर्फबाट सहयोग निरन्तर हुने पनि बताए ।