आवरउदयपुर,साउन २१ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकैपटक पाँच सय आठ वटा रेल बिसौनीको शिलान्यास गरेका छन् ।

भिडियो कन्फरेन्समार्फत अमृत भारत स्टेशन योजनाअन्तर्गत २५ हजार करोडका पुनर्निर्माण एवम् विकास परियोजनाको उनले शिलान्यास गरेका हुन् ।

रेल बिसौनी देशका २७ राज्य र केन्द्र शासित प्रदेशमा फैलिएका छन् । त्यस अवसरमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री मोदीले विश्वस्तरीय सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नका साथै विपक्षीहरूको आलोचना पनि गरे ।

देश विकासका काममा आफू पनि नलाग्ने अनि अरुलाई पनि लाग्न नदिने प्रतिपक्षीले विरोध गर्दैमा आफू विचलित नहुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय