आवरउदयपुर,साउन १८ ।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुईजना रिहा भएका छन् ।
यस प्रकरणमा पक्राउ परेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान रिहा भएका हुन् ।
पोखरेलको स्वास्थ्यको कारण देखाउँदै र खेतानलाई आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने शर्तमा काठमाडौं जिल्ला अदालतले हाजिर जमानीमा छोड्न आदेश दिएको हो ।