आवरउदयपुर,साउन १६ ।
कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।
कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न गठबन्धनमा आबद्ध दलले सभामुख गौतमलाई राजीनामा दिन आग्रह गरेपछि उनले सभामुख पदबाट राजीनामा दिएका हुन् ।
काठमाडौंमा रहेका उनले उपसभामुख सुनिता दुनुवारलाई इमेलमार्फत राजीनामा दिएका हुन् । गौतमले उपसभामुखलाई राजीनामा इमेल गरेर विराटनगर फर्किएका छन् ।