
आवरउदयपुर,साउन १४।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।
बैठक सोमबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन्। उनका अनुसार बैठकमा यसअघि साउन ९ गते बसेको बैठककै विषयहरूमा छलफल हुने बताइन्।
संसदमा सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने, विधेयकमा छलफल बढाउने र पार्टी कामको व्यवस्थापन मुख्य कार्यसूची रहेको बताइएको छ।