आवरउदयपुर,साउन ९
नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आज (बुधबार) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसीहरुले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पत्ति विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताए ।

भ्रष्टाचारका ठूल्ठूला काण्डहरुको फाइल खोल्दै अनियमितता गर्नेलाई कानुनी कठघरामा उभ्याउने उनले बताए । उनले आफूले भ्रष्टाचारका ठूलाठूला काण्डहरुको फाइल खोल्दै जान प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले भनेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय