आवरउदयपुर,साउन ७ ।
कोशी प्रदेश सरकार गठन विरुद्धको मुद्दा आज पनि हेर्न नमिल्ने भएको छ ।

सर्वोच्च अदातलका न्यायाधीशद्धय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा आजबाट निरन्तर सुनुवाइको लागि पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो ।

गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन ७ गतेबाट निरन्तर सुनुवाइ गर्ने आदेश गर्दै मुद्दा को अन्तिम टुङ्गो नलागेसम्म दिर्घकालिन असर पर्ने कुनै पनि निर्णय नगर्न र नगराउन अन्तरिम आदेश जारि गरेको थियो ।

गत असार २२ गते कोशी प्रदेशमा सभामुख बाबुराम गौतमको समेत समथर्नमा गठन भएको उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै नेकपा एमालेका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय