आवरउदयपुर,असार २४ ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज (आइतबार) समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेको जनाएको छ ।

सरकारको नाममा रहेको ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याउन उनीहरूको भूमिका रहेको देखिएकाले उनीहरुलाई पक्राउ गरिएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

प्रहरीले यस प्रकरणमा पूर्वमन्त्री जगतबहादुर बोगटी पनि अनुसन्धानको घेरामा राखेको छ । त्यस्तै, सह–सचिव नारायण गोपाल मलेगोविरुद्ध पनि
‘सरकारी लिखत किर्ते’ कसुरमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको छ । अहिले उनी फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय