आवरउदयपुर,असार २२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरुको अहिले दम्भ बढेको बताएका छन् ।

स्ववीयु काउन्सिल नेपालको १०औं राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको किर्तिपुरमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले देशको सार्वभौमसत्तामाथि मजाक उडाएपछि एमालेले राजीनामा माग्दा गठबन्धनले उल्टै दम्भ देखाएको बताए ।

गठबन्धनले वार्तामार्फत समस्या समाधान गरौं भनेर पहल गर्नुको सट्टा उल्छै संसदमै भेटौंला भनेर दम्भ देखाएको उनको आरोप छ । ओलीले गठबन्धनको दम्भ बढेको बताए। ओलीले भने, ‘हिजो गठबन्धनका नेताहरूले मसल देखाएर भोलि संसदमै भेटौंला भने। गठबन्धनका नेताहरूले वार्ता गर्छौं, समाधान गर्छौं भन्नुभएन, सामना गरौंला भन्नुभयो। प्रतिपक्षिको तर्फबाट नम्रताका साथ भन्न चाहन्छु, सत्ता पक्षले संसदमामात्रै होइन, जहाँ भन्छ त्यहाँ हामी तयार छौं। स्पट तोकेर बोलाए हुन्छ, त्यहाँ पुग्न तयार छौं।’

उनले प्रधानमन्त्रीले राष्ट्रियता र देशको सार्वभौमसत्तामाथि मजाक उडाएको बताए। ‘हामीले राजीनामा माग्यौं, यो अत्ति भयो, संसद्को अपमान भयो, संविधानको बर्खिलाप भयो, लोकतन्त्रको उपहास भयो भनेर। यो मामुली कुरा होइन।’

नेपालको सार्वभौमसत्ता नेपालको संसद् र नेपाली जनतामा निहित रहेको ओलीको भनाइ छ। उनले प्रधानमन्त्री दाहालले प्रितम सिंहलाई बेकारमा मुछेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय