आवरउदयपुर,असार १७
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।
उनी दुई वर्षे कार्यकाल सन् २०२४ देखि २०२६ सम्मका लागि निर्वाचित भएका हुन् । मेयर साहले उक्त जिम्मेवारीमा रहँदा सदस्यहरूको सभाले तोकेका दिशानिर्देशहरू पूरा गर्नुपर्ने हुन्छ ।
सन् १९८५ मा स्थापना भएको वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिजले महानगरीय हितहरूको वकालतलगायतका काम गर्दै आएको छ ।