आवरउदयपुर,असार १६
अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै भएको बताएका छन् ।
प्रेस युनियन कास्कीले आज (शनिबार) पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले गठबन्धन फेर्ने कुरा अफवाह मात्र भएको बताएका हुन् ।

उनले गठबन्धन फेर्ने भन्ने कुरा सबै अफवाह र भ्रम भएको भन्दै सत्ता गठबन्धन निश्चित लक्ष लिएर अगाडि बढेको बताए । संसदमा सबै दलका नेताहरु भेट हुने र छलफल गर्नु सामान्य भएको उनको भनाइ छ ।

यस्तै उनले नयाँ बजेटले देशको अर्थतन्त्र फरक उचाइमा पुग्ने बताए । अहिले वैदेशिक मुद्राको सञ्चिति धेरै भएको, पर्यटन फस्टाउन थालेको भन्दै नयाँ बजेटले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय