काठमाडौं– नेपाल बंगलादेश बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारमा ९९औं शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन पूर्वउद्योगमन्त्री महेश बस्नेतले गरेको बैंकले जनाएको छ । उक्त शाखा परिसरमा एटिएम पनि सुरु गरिएको बैंकले जनाएको छ ।

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा विस्तार गरेको जनाएको छ । सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय