आवरउदयदयपुर, जेठ ३२
मुख्यसचिवबाट राजीनामा दिएका शंकर दास बैरागीले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैरागीलाई सपथ खुवाएका हुन् ।

सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो । यसअघि बैठकले मुख्यसचिव बैरागीले दिएको राजीनामा समेत स्वीकृत गरेको थियो ।

राजीनामा स्वीकृत भएसँगै उनले नयाँ जिम्मेवारी पाएका हुन् । बैरागीको स्थानमा बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय