![](http://ourudayapur.com/wp-content/uploads/2023/06/kangres.jpg)
आवरउदयपुर, जेठ ३१
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीबाट टिकट नपाई स्वतन्त्र उठेर जितेका जनप्रतिनिधिसहित नेताहरुको कारबाही फुकुवा गरेको छ ।
केन्द्रीय अनुशासन समितिले कांग्रेसले स्वतन्त्रबाट जितेका ८ जना जनप्रतिनिधिमाथिको कारबाही फुकुवा गरेर पार्टीमा भित्र्याएको हो ।
समितिले जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, बर्दिबासका मेयर प्रह्लादकुमार क्षेत्री, उपमेयर तारादेवी महतो र चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत लगायतमाथिको कारबाही फुकुवा गरेको छ ।
यस्तै जिल्ला समन्वय समिति दैलेखको प्रमुख नमराज शाही, बर्दिबास–१ का वडाध्यक्ष भोला खड्का, बर्दिबास–७ का वडाध्यक्ष रामस्वगारथ यादव, बर्दिबास–१४ का वडाध्यक्ष विजय कुमार महतो पनि कांग्रेसमा फर्किएका छन् ।
स्थानीय तह निर्वाचन लगत्तै कांग्रेसमा स्वतन्त्र उम्मेदवारी दिएर स्थानीय चुनाव जितेकालाई फिर्ता ल्याउन आवाज उठेको थियो ।
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन विपरीत स्वतन्त्र उम्मेदवारी दिएर जितेका जनप्रतिनिधिहरुलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।