आवरउदयपुर, जेठ २७
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सत्ता टिकाउन अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको बताएका छन्।

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तीन वटै अदालतको आदेश विपरीत चौधरीलाई आममाफी दिने कुराले लोतन्त्रलाई कमजोर बनाउने उनले बताए।

‘सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मशी सुक्न नपाउँदै माफी दिनुभयो। हामीले त्यसलाई कसरी हेर्ने ?,’ उनले भने । सरकार टिकाउन गरिने यस्ता कुराले लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरामा पनि सोच्न जरुरी रहेको उनको भनाइ छ । ण्

उनले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय