आवरउदयपुर,जेठ २७
बेलायतका पूर्व प्रधानमन्त्री एवं टोरी पार्टीका प्रभावशाली सांसद बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् ।

सांसदको नेतृत्वमा रहेको विशेषाधिकार समितिको प्रतिवेदनले प्रधानमन्त्री भएका बेला डाउनिङ स्ट्रिटमा लकडाउनको नियम उल्लंघन गरेर पार्टी गरेको र संसदलाई गुमराहमा राखेकोमा दोषी ठहर गरेसँगै जोनसनले राजीनामा दिएका हुन् ।

विशेषाधिकार समितिले भने जोनसले हाउस अफ कमनस्सको अखण्डतालाई खण्डन गरेको जनाएको छ । साथै सदनको कार्यविधि र जनादेशका पालनाका विषयमा छिट्टै प्रतिवेदन सार्वजनिक गरिने बताइएको छ । त्यसका लागि आगामी सोमबार बैठक बोलाइएको छ ।

जोनसनले प्राप्त गरेको अग्रिम प्रतिवेदनका आधारमा राजिनामा दिंदै अनुसन्धान पूर्वाग्रही भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय