आवरउदयपुर,जेठ २३
विभिन्न दुग्ध संस्थाहरूले दुग्ध विकास बोर्ड खारेज गरे कारबाही गर्ने चेतावनी दिएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले बोर्ड खारेजी नगराई पुनर्स्थापित नगरे आन्दोलनको चेतावनी दिएका हुन् ।

नेपाल सरकारलाई सरोकारवाला निकायहरूले राष्ट्रिय दुग्ध विकास बोर्डको आवश्यकताका लागि दिइएको सुझावलाई समेत बेवास्ता गर्दै बजेट तथा नीति कार्यक्रममा बोर्ड खारेजीको प्रस्ताव प्रति आपत्ति जनाइएको छ ।

‘नेपाल सरकारलाई सो प्रस्ताव कार्यान्वयन नगर्न यस संघ अनुरोध गर्दछ । नेपाल सरकारले यस क्षेत्रको अध्ययन गरी कमी कमजोरी हटाएर बोर्डको पुन संरचना गरी व्यवस्थित तवरमा सञ्चालन गर्नुपर्नेमा बोर्ड खारेजीको प्रस्ताव गरी दुग्ध क्षेत्रलाई नै धराशायी बनाउन गरिएको निर्णय प्रति यस संघ गम्भीर घोर आपत्ति जनाउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।

बोर्ड भित्र सरकार, सहकारी, कृषक, उद्योग र उपभोक्ता समेतको बोर्डमा समेत सहभागी भई कृषकहरूको उन्नति र उत्पादन वृद्धि लगायत दुग्ध क्षेत्रको विकास वृद्धिमा छलफल गर्ने निकाय अन्तर्राष्ट्रिय स्तरमा समेत बोर्डले प्रभावकारी काम गरिरहेको अवस्थामा नेपालमा भने दुग्ध विकास बोर्ड विघटनले यस देशमा रहेका दुग्ध क्षेत्रका कृषक सहकारी, उद्योगी संघ संस्थाबीच मर्माहत भएको समेत जानकारी गराउँदै राष्ट्रिय दुग्ध विकास बोर्ड कृषक दुग्ध उद्योगी सहकारीको लागि अपरिहार्य भएको उनीहरूको भनाई छ ।

दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी म.स. संघ, नेपाल डेरी साइन्स एसोसिएसन, नेपाल एनिमल साइन्स एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय