आवरउदयपुर,वैशाख ३०
नेपालले क्रिकेट विकासमा फड्को मार्दै गर्दा महत्वपूर्ण प्रतियोगिता आयोजना गर्ने अवसर पनि प्राप्त गरिरहेको छ । अब टी–२० विश्वकपको एसिया छनोट पनि नेपालमै हुने भएको छ ।

अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकपका लागि आगामी नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको टी–२० विश्वकप छनोट प्रतियोगिता आयोजनाको अधिकार नेपालले पाएको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरण अन्तर्गतको प्रतियोगिता गर्ने अधिकार दिएको जनाएको छ ।

एसिया छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन्। बाँकी दुई राष्ट्र छनोट चरण पार गरेर आएपछि तय हुने छ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर आयोजना हुने प्रतियोगिता समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन्। फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिकी महाद्वीपमा हुने विश्वकपमा स्थान पक्का गर्ने छन्।

खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा आयोजना हुने छ। नेपालले पहिलो पटक आईसीसीको सर्वाधिक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो। केही समयअघि एसीसी प्रिमियर कपबाट मूलपानी क्रिकेट मैदानमा ‌औपचारिक रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना सुरु गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय