
आवरउदयपुर,वैशाख २८
नेपाली कांंग्रेसले आज (विहीबार) पनि पदाधिकारी बैठक बोलाएकोे छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तारमा परेका पूर्वगृहमन्त्री एवं नेता बालकृष्ण खाँणको निलम्बनलगायत विषयमा छलफल गर्न कांग्रेसले आज दोस्रो दिन पदाधिकारी बैठक बोलाएको हो ।
सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवास धुम्बाराहीमा बैठक बोलाएका छन् । हिजो बसेको आकस्मिक बैठकमा नेता खाँण पक्राउ परेको विषयमा छलफल भएको थियो । महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई तत्काल निलम्बन गर्नुपर्ने प्रस्ताव गरेका थिए । महामन्त्रीहरूको प्रस्तावमा छलफल भएपनि कुनै निर्णय भएको थिएन ।
यस विषयमा सभापति देउवा भने मौन बसेका छन् । उनी आरोप प्रमाणि नभएसम्म कारबाही नगर्ने कि भन्ने पक्षमा देखिइएको बताइएको छ । यद्यपि आज कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा ठोस निर्णय हुने छ ।