आवरउदयपुर,वैशाख २६
वढ्दो प्रविधिको बिकाससँगै पार्लर सम्बन्धि सम्पूर्ण बिषय बस्तुको जानकारी दिने उदेश्यले उदयपुरको सदरमुकाम गाईघाटमा सुबिधा सम्पन्न तालिम केन्द्र सञ्चालनमा ल्याइएको छ ।
आफ्नो शरिरलाई प्रविधिको सहायताबाट समय सापेक्ष बनाउन गरीने विधी, उपचार पद्धतीका बारेमा जानकारी दिने गरी इन्टरनेशनल ट्रेनिङ्ग एकाडेमीले उदयपुरमा छैठोँ शाखा बिस्तार गरेको हो ।
शाखाले आफ्ना सेवासुबिधाका बारेमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ । अनुहारमा आउने चाँया, पोतो, दाग, सर्कल जस्ता समस्या विशेषज्ञबाट ‘स्कीन टेष्ट गरी उपचार गरिने तालिम केन्द्रका सञ्चालक निलम बस्नेतले जानकारी दिईन् ।
उनले भनिन, ‘वढ्दो आधुनिकतासँगै आफुलाई स्मार्ट हुने रहर सबैलाई हुन्छ, तर त्यसबारे ज्ञान नहुँदा हामी अरुका अगाडी सधै लज्जित भएर बस्ने गर्दछौ, त्यस्ता कुरालाई चिर्न तालिम केन्द्रले सहयोग गर्छ । ‘वहुआयामिक प्रविधिबाट हातले नछोई मेसिनबाट विना अप्रेशन, विना दुखाई, विना दवाई ठुलो प्वाल वा छिनेको कानको लोती बनाईने, अनुहारमा चमक ल्याउने काम मात्र हैन् सिप सिकाउँछौ । उनले भनिन् ।
माघबाट सुरु गरिएको पहिलो सेवा नै तीस जना बिद्यार्थीबाट गरिएको बताईन् । बस्नेतले भनिन्, ‘हामी अनुहारको छालाको उपचार मात्र हैन् मेकअप गर्न सिकाई अनुहारमासमेत चमक ल्याउँछौ । उनले आधारभूतदेखि एडभान्स लेभलको तालिम प्रदान गरी रोजगारसँग जोड्न सिटीभिटीबाट मान्यता प्राप्त प्रमाणपत्र उपलब्ध गराईने बताईन् । यसरी उपलब्ध गराईने कोर्ष तीन हजार पाँच सयदेखि एक लाख पचास हजारसम्मको रहेको उनले बताईन् ।
अर्का सञ्चालक सिमा बस्नेतले सिप सिकेपछि रोजगारमा समस्या नहुने बताईन् । उनले भनिन्, ‘सकेसम्म आफै स्वरोजगार हुने हो नभए हामी आफै त्यसता जनशक्तिलाई काम दिन्छौ । उनले सिक्दा लाग्ने सामान, डे«स निःशुल्क उपलब्ध गराउने, टाढाबाट आउने बिद्यार्थीका लागि होस्टलको व्यवस्थासमेत उपलब्ध भएको बताईन् ।
उनले पार्लर खोलेर बस्नेहरुका लागि समेत प्रविधिको विकास सँगै भईरहेका परीवर्तनका सन्र्दभमा जानकारी दिने, उचित कोर्ष तथा परामर्श सेवा, आफुले पार्लर खोल्न सक्ने बनाउने, वैदेशिक रोजगारमा जान सक्ने गरी अभ्याससहितको कक्षा सञ्चालन गरिएको बताईन् ।
विशेषगरी आधारभूत, एडभान्स, डिप्लोमा, वैदेशिक रोजगार सम्बन्धी कोर्ष, सेल्फ मेकअप, नेल टेक्निसियन, कपाल काट्ने, स्किन टेष्ट लगायतका सिप सिकाईने बस्नेतले बताईन् । उनले सिप सिकेका मध्ये अहिलेसम्म कोही पनि वेरोजगार भएर बस्नु नपरेको बताउँदै समुहमा आउनेलाई विशेष छुटसमेत रहेको जानकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय