आवरउदयपुर,वैशाख २३
 नेपाली काग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले नक्कली भुटानी शरणर्थी बनाएर अमेरिका पठाउने गिरोहमा आफ्नो संलग्नता नरहेको बताएका छन् । शनिबार सार्वजनिक गरेको विज्ञप्तीमा आफ्नो संलग्नता नरहेको जनाएका हुन् ।

उनले विज्ञप्तिमा ‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरिदिन आग्रह गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले ९ जनालाई पक्राउ गरिसेको छ । जसमा पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, लगायत रहेको छन् । त्यस्तै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भईसकेको छ भने हाल उनी फरार रहेको छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। खाण गृहमन्त्रीहुँदा गृहसचिवमा टेक नारायण पाण्डे थिए । अनुसन्धानमा अझै पनि केही व्यक्तिहरू तानिन सक्ने प्रहरीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय