आवरउदयपुर,वैशाक २२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने नहुने बारे छलफलका लागी आज बैठक बस्दैछ । शुक्रबार साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारमा सहभागी हुने नहुने बारे छलफल गरिने सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा सरकारसँग सम्बन्धित विषयमा छलफल हुनेछ । गत सोमबार बसेको रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठकमा सभापती रवी लामिछानेले प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागीका लागी प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए ।

आजको बैठकले सरकारमा सहभागी हुने वा प्रतिपक्षमा बस्ने भन्ने बिषयको निर्णय लिने केन्द्रिय सदस्यहरुले बताए । सरकारमा सहभागीका लागी रास्वपाले पहिला पाएकै मन्त्रालयहरु पाउनु पर्ने अडान लिएको छ । रास्वपाको (उपप्रधानसहित गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य राज्यमन्त्री) पाएमा मात्रै सरकारमा जाने अडान छ ।

त्यस्तै सरकारको न्यूनतम साझा कार्यक्रम पुनःलेखन हुनुपर्ने, मन्त्रालयका काममा प्रधानमन्त्रीको हस्तक्षेप हुन नहुने र सरकारको स्थायीत्वको शर्त पनि अघि सारेको छ। यी शर्त पूरा गर्न प्रधानमन्त्री तयार भए पार्टी सरकारमा जान तयार हुने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय