आवरउदयपुर,चैत्र २४
नेकपा एमालेका स्थाई कमिटी सदस्य शेरधन राईले दश दलिय गठबन्धनका कारण मुलुक असफलता तर्फ धकेलिएको बताएका छन् ।
पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्रिय समन्वय कमिटी १ (ख) उदयपुरले आयोजना गरेको मिसनग्रासरुट अभियानको मध्यावधी समिक्षा तथा प्रशिक्षण कार्यक्रममा बोल्दै राईले नेपाली कांग्रेस सहितका सत्तासिन दलकै कारण मुलुक अस्थीरतातर्फ धकेलिएको बताए ।
उनले एमालेलाई बाहिर राखेर देशमा बिकास र समृद्धी ल्याउने प्रपंञ्च आफैमा हास्यास्पद भएकाले त्यस्तो दिवास्वप्न नदेख्न गठबन्धन दललाई चुनौती दिए । बर्तमान सत्तागठबन्धन देशलाई आर्थिक क्रान्तितर्फ अग्रसर लैजान भन्दा पनि देशलाई अस्थिरतातर्फ लैजाने र एमालेलाई सिध्याउने दाउ वाहेक केही नभएको बताए ।
नेता राइले वाह्यि शक्तिको भरमा टिकेको अहिलेको सत्तासमिकरणले संबिधान रक्षा भन्दा पनि सिध्याउने खेल भएको दावि गरे । ‘बाहिरी शक्तीको स्वार्थ पुरा गर्न अहिलेको गठबन्धन बनेको हो, राईले भने, ‘स्वास्र्थ पुरा भएपछी आँफै ढल्छ, कसैले ढाल्नै पर्दैन ।
गठबन्धन सरकारलाई राष्ट्रघातीको संज्ञा दिँदै उनले भने, ‘नागरिकता विद्येयक, आममाफी जस्ता गम्भिर बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले राष्ट्रघाती काम गरेर इतिहासमा दर्ज गर्दै हुनुहुन्छ ।
उनले नागरिकता विद्ययक राष्ट्रघाती मात्र नभएर महिला बिरोधी रहेकाले यसविरुद्ध आवाज उठाउन सबैलाई अपिल गरे । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा भारतले हडपेको कलापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएर तयार पारिएको नेपालको नक्सा बर्तमान सरकारले कार्यन्वयन नगरको उनले बताए ।
कोशी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका राइले बर्तमान सरकारको अलोकतान्त्रीक, राष्ट्रघाती गतिबिधीकाबिरुद्ध एक भएर डटेर सामना गर्न मिसन ग्रासरुटले सहयोग पुग्ने बताए ।