आवरउदयपुर, फागुन १२
नेपाल नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठले राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर श्रेष्ठले देशमा शान्ति र स्थिरताको लागि आफूले राष्ट्रपतिमा उम्मेदवारी दिन लागेको बताए ।
पत्रकार सम्मेलनमा श्रेष्ठले नेपाली जनताले देशले राजनीतिक निकास पाएको र समृद्ध नेपाल भएको देख्न चाहेपनि केही राजनीतिक पार्टीका कारण त्यो सम्भव नभएको बताए । उनले देशको अस्मितामाथि गिद्दे नजर लगाएकाहरुलाई परास्त गर्न र उन्नति र प्रगतिमा जान नदिनविरुद्ध आफ्नो उम्मेदवारी भएको बताए । उनले आफूले देशको समृद्धिको अभियानमा लाग्दा ज्यान मार्ने धम्की समेत आएको समेत बताए ।
रिक्सा चलाएर पत्रकार सम्मेलनस्थल पुगेका श्रेष्ठले देशमा शान्ति र समृद्धिको नारा बोकेर २०७८ फागुन २८ गतेबाट ७७ वटै जिल्लामा रिक्सा यात्रा गरेको जानकारी गराउँदै आफूलाई राष्ट्रपति चुनावामा सहयोग गर्न दलहरुलाई अपील समेत गरे ।
“देशमा दिगो शान्ति स्थापनाको कामना गर्दै २०७८ साल फागुन २८ गतेका दिन श्री चन्डेनी मा.वि. तिमल्सिना गाउँको प्राङ्गणबाट एकजोडी परेवा उडाएर आफैंले रिक्सा चलाउँदै ७७ जिल्लाको रिक्सा यात्रामा निस्किएको थिएँ । कतिखेर मारिनेछु थाहा छैन, त्यसैले मारिनुपूर्व देशबासीको नाउँमा महत्वपूर्ण कुराको सन्देश दिन आगामी २०७९ साल फाल्गुन २५ गते हुन लागेको राष्ट्रपति पदको लागि उम्मेद्वार दिने निर्णय गरेको छु । त्यसको लागि उम्मेद्वारी दर्ता गराउन प्रस्तावक र समर्थक आवश्यक पर्ने भएको हुनाले २०७९ साल फाल्गुन १३ गते हुने राष्ट्रपति उम्मेद्वारको लागि मनोनयन दर्ता गराउनको निम्ति संसदीय दलको मान्यता प्राप्त गर्नु भएको दल र माननीय संघीय सांसद एवं प्रदेश सांसद ज्यूहरु समक्ष मलाई राष्ट्रपतिको पदमा उम्मेद्वारी दिन प्रस्ताव र समर्थन सहित आवश्यक सहयोग गरी दिनु हुन् यसै पत्रकार सम्मेलनमार्फत अपिल गर्दछु” पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय