आवरउदयपुर, फागुन ११
युरोपियन च्याम्पियन लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब ईन्टर मिलनले १–० गोलले पोर्चुगिज क्लब पोर्टोलाई पराजित गरेको छ । बुधबार राति ईन्टरको घरेलु मैदानमा भएको खेलमा रोमेलु लुकाकुको निर्णयक गोलमा ईन्टरले एफसी पोर्टोमाथि जित निकालेको हो ।

खेलको ७८ औं मिनेटमा पोर्टोका ओटाभियोलाई रेफ्रिले दोस्रो पटक पहेलो कार्ड देखाएपछि उनले मैदान छाडेका थिए । खेलको ८६ औं मिनेटमा लुकाकुले गोल गर्दै ईनटरलाई जित दिलाए । लुकाकुको सो गोल नै ईन्टरको लागी निर्णयक गोल बनेको हो । दुई टोलीबीचको अर्को लेग अब १४ मार्चमा पोर्टोमा मैदानमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय