आवरउदयपुर, फागुन १०
प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनका लागी मनोनयन दर्ता गर्न दुई दिनमात्र बाकीँ रहँदा प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका हुन् । राष्ट्रपति उम्मेदवारी दर्ता फागुन १३ गतेलाई तोकिएको छ ।
प्रधानमन्त्री र ओली बिच धेरै भेटवार्ता भईसकेको छ । तर पनि राष्ट्रपति निर्वाचनमा दुई दल एक ठाउँमा उभिन सकिरहेका छैनन् । राष्ट्रपतीमा राष्ट्रिय सहमती गर्नुपर्ने प्रचण्डले बताईरहेका छन् भने उता काग्रेसलाई राष्ट्रपती दिने वचन समेत दिईसकेका छन् ।
प्रचण्डले एमालेबाट राष्ट्रपति स्वीकार गर्ने पार्टी भित्र स्पष्ट गरिसकेका छन् भने ठ्याक्कै मुख खोलेर भनेका छैनन् । यस्तो अवस्थामा दुई नेताबीच बालुवाटारमा भेट हुन लागेको हो ।
काग्रेससँग गठबन्धन तोडेर एमाले सहित सात दलिय गठबन्धनबाट पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यसपछि पुष २६ मा काग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । काग्रेसले सरकारलाई विश्वासको मत दिएयता सत्तारूढ दुई दलका नेताबीच घन्टौं छलफल भए पनि विश्वासको वातावरण बन्न सकेको छैन् ।