आवरउदयपुर माघ, २७
शिक्षक सेवा आयोगले ६८६ जना निमावि शिक्षकको लागि आवेदन खोलेको छ ।
आयोगले आज निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो ।
आयोगले सामुदायिक विद्यालयको शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट माघ २७ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुपर्ने आयोगले जनाएको छ।