मंसिर २२/उदयपुर,किरातिहरुको महान चाड (छिरिनाम ५०८२) उधौली उदयपुरमा धुमधाम सम्पन्न भएको छ।किराँती मिथक अनुसार आज वाट हिउँद सुरु भै लेकवाट बस्तुभाउ,चराचुरुङ्गि बेसितिर बसाइ सर्ने र अन्नवाली भित्र्याउने काम सम्पन्न भएको खुसियालीमा उधौली चाड मनाउने गरेको त्रियुगा नगरपालिका अन्तर्गत किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति का अध्यक्ष सर्बधन राइले जानकारी दिनु भएको छ।त्रि.न.पा ११ स्थित साकेला थानमा बिहान ८ बजेदेखी सिकारी पुजा गरि मछामा घरमा चुला पुज्दै चोखो कोदोको जाड(वासिम),रक्सी पित्रीलाई चढाउदै सबैले प्रसाद ग्रहण गरि दिउसोभरी साकेला नाचेर मनाइएको अध्यक्षले बताउनु भयो।उदयपुर जिल्ला भरी रहेको साकेला थानमा आज पुजाआजा गरि साकेला नाच्दै उधौलि सम्पन्न भए सङ्गै आफ्नो पित्रीलाई सम्झीदै देश तथा बिदेसमा समेत चाड मनाउने गरेको छ।आजको बिषेस दिन प्रा.क.स को आयोजनामा भएको चुलापुजामा त्रियुगा नगरपालिका उपमेअर महेश्वरि राई,किरात राई यायोक्खा उदयपुर जिल्ला अध्यक्ष,गङ्गा राई,त्रियुगा नगर समिती,किराँत कर्मचारी मंच उदयपुर बिशिस्ट व्याक्तित्वको उपस्तिथि रहेको थियो।