आवरउदयपुर, मङ्सिर १६
जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय राजनीतिक समिति सदस्य पूणर्बहादुर बस्नेतले डोजरे समाधानको नजीर बसाल्ने सपना नदेख्न काठमाण्डौ महानगरलाई चेतावनी दिएका छन् ।
काठमाण्डौ महानगरपालिकाले थापाथलीमा डोजर लगेर बस्ती उठाउन खोजेको भन्दै सरोकारवालासंगको बार्ता, सम्बाद र सहमतिका आधारमा अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।
पार्टीको प्रचार विभाग प्रमुख समेत रहेका बस्नेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् “सुकुम्बासीको नाममा हुकुमबासी त के व्यवस्था विरोधी, गैर नेपाली नागरिक नै बस्तीमा छन् भने पनि सुन्दरताको नाममा, व्यवस्थापनको नाममा या अरु कुनै बहानामा पनि मानव बस्तीमा जबर्जस्ती डोजर चलाउने, बस्तीमा आतङ्क मच्चाउने काम निन्दनी र अत्यन्त आपत्तिजनक छ । महानगरले यस्ता कार्य अविलम्ब रोकी सरोकारवालासंग वार्ता, संवाद र सहमतिका आधारमा अगाडि बढ्नुपर्छ । कुनै व्यक्तिको उत्तेजना, आवेग र सनकबाट महानगर बन्ने हैन त्यसका लागि महानगरवासी तयार हुनुपर्छ । सुकुम्बासी समस्या सिङ्गो मुलुकको समस्या हो, डोजरे समाधानको नजीर बसाल्ने सपना काठमाण्डौले नदेखोस् ।