काठमाडौं- नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रूपैयाँका दरले बढाएको हो । पेट्रोलको मूल्य लिटरको एक सय १० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य लिटरको ९३ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
वृद्धि भएको मूल्य सोमबार राति १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ । जनवरी १६ तारिखमा आएको मूल्य अनुसार समायोजन गरेको निगमले जनाएको छ । मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमा ४९ करोड ८८ लाख घाटा हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता उपाध्यायले बताए ।