भदौ२४/हिमाल राई
सप्तकोशी युवा क्लब वराहक्षेत्र न.पा.वडा न ७ देवीधाट सुनसरीले ९ अौ प्रतिष्ठित सप्तकोशी गोल्ड कप आयोजना गर्ने भएको छ।
असोज-२७ गते खेलको उद्घाटन गरी कात्तिक ५ गतेका दिन समापन गर्ने कुरा पत्रकार सम्मेलनमा क्लवका सचिव लेखु न्याैपानेले जानकारी दिए।
वसन्तऋतृ माध्यमिक बिद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा आयोजक सप्तकोशी युवा क्लव, फेयर फुटवल क्लब धरान,पंचायन फुटबल क्लब रामधुनी,सयपत्री फुटबल क्लब,राजाबास , पथरी फुटबल क्लब, मोरङ्ग,सतासीधाम स्पोर्टिङ क्लव झापा, पटनाली फुटबल क्लब धरान,न्यु स्टार फुटवल क्लव कालाबन्जर,बसाह फुटबल क्लब उदयपुर र बिभागिय फुटवल टिम ए.पि.एफ. पुर्वाञ्चलको सहभागीता रहने कुरा पत्रकार सम्मेलनमा क्लवका सचिव लेखु न्याैपानेले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुने टिमले नगद पुरस्कार २ लाख र दोस्रो पुरस्कार १ लाख प्रप्त गर्ने छन।
प्रत्येक खेलमा म्यान अफ दी म्याचले नगद ३ हजार रुपैयाँ प्राप्त गर्ने छन्। बेस्ट गोलकिपर,बेस्ट डिफेन्स र बेस्ट मिडफिल्ड,राइजिङ प्लेयर र बेस्ट कोचले जनही ४ हजार रुपैयाँ प्राप्त गर्ने छन्।
हाइस्कोररले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने बेस्ट प्लेयर अफ दी टुर्नामेन्टले नगद ६ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
क्लबका कार्यबहाक अध्यक्ष हर्क बहादुर राईको सभाध्यक्ष तथा नगर खेलकुद विकास समितिका संयोजक कपिल अाचार्यको प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो।
पत्रकार सम्मेलन सुर्य फेमीली होटेलमा चक्रधटीमा भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय