हिमाल राइ,भदौ२३/सुनसरी बराहक्षेत्र वडा नं १ चतरा देखि धनकुटा सागुरी गढि गाउँ पालिका वडा नं १० हुदै मुलघाट सडक खण्ड अन्तगर्त पर्ने ४ वटा पक्की पुल लुकुवा,कोका,वाहने,धनसार खोलाहरुको सडक विभाग,पुल महाशाखा लतितपुरका प्रतिनिधि अनुप न्यौपानेको टोलिले संक्षिप्त वातावरणिय अध्ययन सुरु गरेको छ।वडा नं १ किशन मगर अनुसार सव डिभिजन वन कार्यालय रेन्जर शिशु राज झा,लगायतले स्थलगत अवलोकन गर्दै स्थानीय बासिन्दाहरु सग छलफल पनि गरेको कुरा जानकारी दिएका छन्।वडा सदस्य कुमार भट्टराईले सो मार्ग चाडै सुचारु भएमा धनकुटा तेर्ह्रथुम,भोजपुर, संखुवासभा लगायतका स्थानिय वासिन्दाहरू छोटो दुरीमा चतरा,धरान, इटहरी,बेलका लगायत पुर्ब पश्चिममा समयमा नै गन्तव्य स्थलमा आउ जाउ गर्न सक्ने थिए।स्थानीय बासिन्दा अनिल सुब्बा अनुसार
यो बाटो बाटो चाडै सन्चालनमा आएमा राज्यलाई पेट्रोलियम, डिजेल पदार्थमा केही कमि आउने थियो।मुलधाट देखि चतरा सम्म आउ जाउ गर्न यो बाटो छोटा दुरीको हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय