हिमाल राई २०७९/५/२२
बराहक्षेत्र नगरपालिकाको आयोजना तथा आई एन एफ नेपाल हरियोखर्क अस्पताल पाेखराकाे प्राविधिक सहयोगमा बडा नं १ सुर्य कुण्ड आधारभूत विध्यालयमा निशुल्क शिविर सम्पन्न भएको हो।
शिविरमा १०३ जना विरामिहरुले उपचार सेवा लिएका थिए।
जसमा नशा,हाडजोर्नी, आखाँ,नाक,कान,घाँटी,
प्रेशर सुगर,लगायत बिरामिहरुले परीक्षण गराएको कुरा वरिष्ठ जनरल फिजिसियन डाक्टर प्रकाश कार्कीले जानकारी दिए।
शिविरमा वर्ष १ को बालक देव राज महतो देखि ७५ वर्ष कि महिला खिम माया
श्रेष्ठ लगायतका स्थानिय बासिन्दाहरूले सेवा लिएको कुरा सामुदायिक चिकित्सा आउटरिच परियोजनाका संयोजक ज्योति बहादुर क्षेत्रीले जानकारी दिए।
स्त्री रोग विशेषज्ञ डाक्टर निशा अधिकारी द्वारा पनि स्वास्थ्य परीक्षण गरीएको थियो।
बराहक्षेत्र मेयर रमेश कार्कीले भने वर्षा समयमा पनि स्वास्थ्य सिविरमा स्थानीय बासिन्दाहरुले आफ्नै,गाउँ,ठाउँमा विज्ञ डाक्टरहरूको उपस्थितिमा उपचार गर्न पाएको बराहक्षेत्र वासिन्दा तर्फबाट आई एन एफ नेपाल हरियोखर्क अस्पताल पोखरा टिमका सदस्य तथा बराहक्षेत्र स्वास्थ्य साखा परीवारलाई प्रति मुक्तकण्ठले प्रशंसा गरे।
शिविरमा निशुल्क रुपमा औषधि समेत बितरण गरिएको कुरा फार्मेसी साहायक प्रमोद यादवले जानकारी दिए।
मेयर रमेश कार्की,वडा नं १ अध्यक्ष किशन मगर,नगरका इन्जिनियर राजु भट्टराई,स्वास्थ्यकर्मी उमेश मेहता,सिताराम ऋषि देव नगर प्रहरीहरु तथा स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो।
यस अघि हिजो बराहक्षेत्र नगर ६-९ श्रीलंका टापुका बासिन्दाहरु २५४ जना व्यक्तिहरुले निशुल्क स्वास्थ्य परीक्षण तथा निशुल्क रुपमा अौषधी पनि वितरण गरेका थिए।