हिमाल राई बराहक्षेत्र
होटल म्यानेजमेन्ट अध्यापनको क्षेत्रमा पुर्वी नेपालमा नाम कमाएको धरानमा रहेको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा ११ का विद्यार्थीलाई ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको छ। पाँच तारे होटलहरुको सञ्चालन प्रकृया सम्बन्धि विद्यार्थीलाई स्थलगत रुपमा अवलोकन सहित झापामा रहेको होटल मेची क्राउनमा ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको छ।
एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय संयुक्त रुपमा अध्ययनका लागि आएका विद्यार्थीहरुलाई होटल मेची क्राउनका एचआर मेनेजर समिर संग्रौलाले होटल क्षेत्रमा आफुले भोगेका तिता-मिठा अनुभवका बारेमा जानकारी गराएका थिए।
साथै संग्रौलाले विद्यार्थीहरुलाई होटल अवलोकन समेत गराएका थिए।

कलेज र कोर्सका विषयमा कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले विधार्थीहरुलाई सहजिकरण गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुलाई एलसीसीआईले तयार पारेको होटल म्यानेजमेन्ट सम्वन्धी पाठ्यपुस्तक, ब्याग तथा होटल म्यानेजमेन्टका प्रयोगात्मक शिक्षामा प्रयोग हुने सामाग्रीहरु समेत उपलब्ध गराइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय