उदयपुर
उदयपुरको रौतामाई गाउँपालिकालाई युवामैत्री स्थानीय तह बनाईने भएको छ । रौतामाई गाउँपालिकाको संयोजन, राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपि र युनिसेफ नेपालको संयुक्त प्रयासमा आयोजित तीन दिने क्षमता अभिवृद्धी कार्यक्रममा सहभागिहरुले युवामैत्री गाउँपालिका बनाउन ९ बुँदे प्रतिवद्धता जनाएका हुन् ।
युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन पहिलोचरणमा देशका सात वटै प्रदेशका एक/एक स्थानीय तहको छनौट गरी जनप्रतिनिधी, कर्मचारी तथा युवाका सवाल काम गरेका संघसंस्थाको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको आयोजक जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिए ।
कार्यक्रममा युवाको समग्र विकासको लागि निणर्य तहमा अर्थपुणर् सहभागिता, युवामैत्री स्थानीय शासनको अवलम्वन, कार्यान्वयन, घोषणा र दिगोपनाकालागि गाँउपालिकामा आवश्यक कार्यविधी तयार गरी संरचना निर्माण तथा स्रोतको निर्धारण गर्ने गरी अभियान संचालन गर्ने प्रतिवद्धता जनाइएको छ ।
त्यसैगरी युवाका सवालहरु संयोजन गर्न कार्यपालिका अन्तर्गतको सम्वन्धित समिति, विषयगत शाखा र सम्पर्क व्यक्ति तोक्ने र उनीहरुको विशिष्टकृत र खण्डीकृत तथ्थाङ्क सहितको प्रोफाइल तयार गर्ने, साझासवालहरु रोजगारी, उद्यमशिलता, खेलकुद, शिक्षा, स्वास्थ्य, शिक्षा, अनलाइन सुरक्षाका लागि अभियान संचालन गर्ने प्रतिवद्धता गरिएको छ ।
त्यस्तै अपाङ्गता, सिमान्तकृत, लोपोन्मुख, यांैनिक तथा लैङ्गिक अल्पसंख्यक, जोखिम समुहमा रहेका युवाका सवाललाई प्राथमिकताकासाथ लगानी प्रवद्र्धन तथा युवा वयस्कविच साझेदारी र अन्तरपुस्ता सम्वादको प्रवद्र्धन गर्ने, संघ, प्रदेश र स्थानीय तहमा रहेका युवासँग सम्वन्धित संंरचनाहरु राष्ट्रिय युवा परिषद, प्रदेश युवा परिषद, जिल्ला युवा समिति र सरोकारवालासँग समन्वय गर्ने लगायतका प्रतिवद्धता जाहेर गरिएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगर, उपाध्यक्ष भुपेन्द्र थापा, शिक्षा तथा युवा शाखा प्रमुख गोबिन्द कार्की, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । तालिमको उद्घाटन गर्दै गाँउपालिकाका अध्यक्ष मगरले युवाहरुको जोस जाँगर उपयोग गर्दै नेतृत्व विकास र युवाहरुको समग्र विकासमा गाँउपालिकाले ध्यान केन्द्रित गर्ने बताए । उनले गाउँपालिकाको विकासमा टेवा पुग्ने गरी युवाहरुलाई साझेदारी कार्यक्रममा सहभागि गराउने बताए ।
युवामैत्री शासन सञ्चालन सम्बन्धि नेपालले अन्र्तराष्ट्रिय स्तरमाा गरेका प्रतिवद्धता, दिगो विकासका लक्ष्य, संबिधानले निदृष्ट गरेका व्यवस्था लगायतका सवालमा गरिएका प्रतिवद्दतालाई टेवा पुर्याउने उदेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पौड्ेलले बताए ।
नेपालले जाहेर गरेका अन्र्तराष्ट्रिय प्रतिवद्धताहरु, दिगो विकासका लक्ष्य लगायतका सवालमा गरिएका प्रतिवद्दतालाई टेवा पुर्याउने उदेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय युवा नीतिले १६ देखि ४० बर्ष उमेर समुहका नागरिकलाई युवाको परिभाषामा समेटेको छ ।
राष्ट्रको समग्र विकास, परिवर्तन र प्रगतिमा युवाको सकारात्मक र रचनात्मक योगदानलाई कदर गर्दै नेपालले युवामैत्री नीतिनिर्माण, ऐन कानुन र अभिायानहरु तय गरेको छ । युवाको अधिकारलाई सुनिश्चित गर्न स्थानीयतहदेखि नै युवाका सवालहरु शासन प्रणालीमा जोड्दै, युवाको सक्रिय सहभागिता, संलग्नता र सहकार्यमा तीनै तहका सरकारले सहयोग गर्दै आएका छन् ।
युथभिजन २०२५ तथा दश वर्षे रणनीतिक योजनाले गुणस्तरिय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशिलता र सिपविकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्वविकास तथा खेलकुद र मनोरन्ंजनका शिर्षकअन्तर्गतका पाँच स्तम्भहरु तय गरेको छ ।
देशका ७५३ वटै स्थानीयतहमा युवामैत्री स्थानीयशासनलाई अवलम्वन, कार्यान्वयन र घोषणाले नीति, निर्माण र कार्यान्वयनमा युवाहरुको अर्थपुणर् सहभागिता, नेतृत्वविकास, यौंनीक तथा लैङ्गिक अल्पसङख्यक तथा सिमान्तकृत समुदायका युवाका सवालमा सम्वोधन गरेको छ ।
यो अभियानको दिगोपनाका लागि संघ तथा प्रदेशबाट शसर्त र निशर्त बजेटको सुनिश्चितता, सबै स्थानीयतहहरुको वार्षिक नीति, कार्यक्रम र बजेटमा व्यवस्था र विकासका साझेदार, गैरसरकारी संस्था, नीजि क्षेत्र र सरोकारवालाहरुबाट समन्वय र सहकार्य हुनु आवश्यक रहेको पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय