०७९/३१ असार/भावना राई उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा स्व.लालसेर राई स्मृति २२ औं मेअर गोल्डकप प्रतियोगितामा भएको गल्तिप्रती क्षेमायाचना गर्दै आयोजक उदयपुर जिल्ला फुटबल संघले बिज्ञप्ति निकालेको छ।असार २६ गते भएको खेलमा खेलाडिको बिषयमा विवाद भएको थियो।
खेलमा वडा न.१२ले जर्सी न.५का भोजपुर ठेगाना भएका युवराज थापालाई खेलमा सहाभागी गराएको भन्दै वडा न.१०ले बिरोध जनाएको थियो,खेल नियामावलि अन्तर्गत बिरोध पत्र समेत पठाएको वडा न १० का टिम मेनेजर हरिचन्द्र राइले जानकारी दिए।वडा न.१० खेलाडी टिमप्रती भएको क्षेतिप्रती आयोजकले क्षमा माग्दै आउनेदिनहरुमा सच्चिएर जाने प्रतिबद्धता सहित ध्यानाकर्षण गराएकोमा १० नम्बर टिमलाई धन्यवाद दिदै बिज्ञप्ति सार्बजनिक गरेको राइको भनाइ छ।टिम मेनेजर राइका अनुसार एउटा जिल्लाको जिम्मेवार संघले गैर जिम्मेवारपन देखाउनु जिल्लाभरिको खेलप्रती ठेस लाग्नु हो,अब आउने दिनहरुमा जिल्लाले गर्नुपर्ने काम कर्तव्य र गल्तिको बिषयमा आइन्दा नदोहोर्याउने प्रतिबद्धता सहित बिज्ञप्ति सार्वजनिक गर्नुमा गर्व लागेको उनको भनाइ छ। #बिज्ञप्ति