हिमाल राई बराहक्षेत्र
सशस्त्र वेस क्याम्प चतरा इलाका प्रहरी कार्यालय महेन्द्र नगर सयुक्त गस्ति टोलीले वराहक्षेत्र नगर पालिका वडा नं ६ शप्तकोशि नदि स्थित सिसौली धाट(टापु) टिकरीबाट १२२ के.जि. ठूलो परीमाणमा वेवारिसे अवस्थामा लागु पदार्थ गाजा आज विहान ३वजे बरामद गरेको कुरा ससस्त्र प्रहरी बेस क्याम्प चतराका प्रहरी निरीक्षक निगम राईले जानकारी दिएका छन।
सयुक्त टोलीले सप्तकोशी किनारमा गस्ति गर्ने क्रममा उक्त लागु पदार्थ बरामद गरेको छ।
उक्त लागुपदार्थ भारतको तर्फ निकासी हुन सक्ने प्रहरीको अनुमान रहेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्र नगर चक्रधटीमा गाजा रहेको कुरा प्रहरी निरीक्षक टेक बहादुर कार्कीले जानकारी दिएका छन।
यस अधि २०७९ जेठ १८ गते ससस्त्र प्रहरी बेस क्याम्प चतराका प्रहरी निरीक्षक निगम राईको गस्ति टोलिले ७० लाख रुपैयाँ बराबरको ३५० के.जि. ११ बोरा गाजा बरामत गरी जिल्ला प्रहरी कार्यालय इनरुवा बुझाइ सकेको कुरा निरीक्षक
राईले जानकारी दिएका छन।
वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित सप्तकोशी नदी नयाँ पुल लागुपदार्थ तथा दुइ नम्बरी धन्दा गर्नेहरुको हाल टान्जिट पोइन्ट रहेको कुरा स्थानीय बासिन्दाहरु बताउछन।
सप्तकोशी नदी नयाँ पुलमा रात्री कालिन सडक बत्ती कालो धन्दा (तस्करहरु) गर्नेहरुले सुनियोजित तरिकाले गुलेली हानि फुटाई दिदा रातको समयमा सुरक्षा गर्न कठिनाइ रहेको कुरा प्रहरीले सुत्रले जनाएको छ।