हिमाल राई
वडा नं २ स्थित सिंह टोलमा डेरणको निर्माण कार्यको तिव्र गतिमा भइरहेको छ।
सहरी विकासको २२.५० लाखको लगानीमा एलिसा निर्माण सेवाले ठेक्का पारी सिंह देवी टोलमा डेरण निर्माण कार्य थालिएको कुरा सहरी विकासका इन्जिनियर असोक रामले जानकारी दिए।
ठेकेदार जितेन्द्र मण्डलका अनुसार भने दायाँ बायाँ दुवै तर्फ डेरणको लम्बाई ३१५ मिटर हुन्छ।
सिह देवी टोलको बाटोमा डेरण नहुँदा वर्षाको समयमा स्थानीय बासिन्दाहरुलाई आवतजावत तथा यातायात सञ्चालन गर्न कठिनाइ तथा समस्या विगत केही वर्षदेखि भइरहेको थियो।
डेरण निर्माण कार्य तिव्र गतिमा भए पछि स्थानीय बासिन्दाहरुमा खुसीयाली छाएको छ।
यस अघि सहरी विकासको लगानीमा ३३० मिटर दायाँ बायाँ दुवै तर्फ र दोस्रो पटक २०४ मिटर डेरण निर्माण कार्य सम्पन्न भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय