उदयपुर/जेष्ठ २९ गङ्गा राई उदयपुर जिल्लाको वेलका नगरपालिकामा किराँती हरुको महान चाड उभौली २०७९ यलेदोङ ५०८२ जेष्ठ ३० गते सोमबारको दिन समापन हुने किरातराई यायोख्खा वेलका नगर समिती अध्यक्ष सुरेन्द्र खालिङ राइले जानकारी दिएका छन् ।“इतिहास,भूगोल,सस्कृती र सभ्यताको सम्मान:१नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासिको आव्हान “को नारा सहित सुरु भएको उभौली जेष्ठ ९ गतेवाट नगरभरिका ९ वटै वडाहरुमा साकेला पुजागरि पित्रीपुर्खा सम्झदै नाच्न सुरु गरेर अन्तिम समापन नगरपालिकामा गर्ने खालिङले बताए।प्रत्येक वर्ष उभौली उधौली मनाउदा विभिन्न कार्यक्रम गरि मनाइने गरेपनी यो वर्षभने फरक खालको रहने छ।साकेला विहानैदेखि वेलुका सम्म खुल्ला नाच्ने,किराँती सास्कृतिक सामाग्री प्रदर्शन गर्ने,किराँती खानाको परिकार बनाउने साथै जिल्ला,नगर,वडा,टोल समिती द्वारा सिलि टोलिहरुको सहभागीता गराउने जस्ता कार्यक्रम रहेको छ।किराँती हरुको महान चाड उभौलीको अवसरमा विभिन्न देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण आम नेपाली दाजुभाइ तथा दिदिबहिनी लाई साकेला उभौलिको सुभकामना दिदै उदयपुर जिल्ला,नगर,वडा लगायत पायक पर्ने सबै ठाउँबाट उपस्थित भइदिन समेत अध्यक्ष खालिङले आग्रह गरेको छ।