गंगा राई,उदयपुर
उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिकामा गठबन्धनका उमेदवारले बिजय प्राप्त गरेलगतै उदयपुरगढी का जनताकालागी गरेका प्रतिबद्धताहरु पुरागर्न लागि परेकाछन्!भर्खरै सप्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेस,नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादी{एस}संग गठबन्दन गरि पालिका र ८ वटै वडामा साझा उमेदवार बनाएको थियो! गठबन्दनको तर्फबाट साझा उमेदवारबनेका नेकपा एकीकृत समाजबादिका पालिका अध्यक्षमा मान बहादुर केप्छाकी मगरले अर्का प्रतिद्वन्दी नेकपा एमालेका गोपाल बहादुर खत्रीलाई ८२८ मतले पछाडी पार्दै बिजय प्राप्त गरेभने,अर्का उपाध्यक्ष का उमेदवार एमालेकी शोभाकुमारी मगरलाई नेपालि कांग्रेसका जित बहादुर खड्काले ७८५ मतले पछिपार्दै बिजय प्राप्त गरेका हुन्!यस्तै वडाहरुमा भने १ नम्वर दिल बहादुर मगर(समाजबादी एस)२ नम्वर स्वतन्त्र इन्द्र बहादुर राउत,३ नम्वर मनोज कुमार कार्की (नेकपा माओबादी केन्द्र)४ नम्वर राम बहादुर घले मगर (नेकपा माओबादी केन्द्र)५ नम्वर कुमार अधिकारि (नेपाली कांग्रेस) ६ नम्वर कृष्ण बहादुर खत्री (नेपालि कांग्रेस)७ नम्वर भुवन केप्छाकी मगर (नेकपा माओबादी केन्द्र)८ नम्वर थिर बहादुर राउत (नेपका एमाले )बिजय भएका हुन् उदयपुरगढी गाउँपालिकामा १२,०८५ बारहजार पचासी मत खसेको थियो !यस्तै चुनावी माहौलमा अगाडी बढ्दै गर्दा उदयपुरगढ़िबासी आम जनसमुदायका लागि गरेका प्रतिबद्धता पुरागर्न अहोरात्र खट्ने साथै जनताको राय सल्लाह सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने पालिका अध्यक्ष मान बहादुर केप्छाकी मगरले जानकारी दिनु भएको छ!जसरि विश्वास गरेर हामीलाई बिजय गराउनु भएको छ हामीले आम पालिकाबासीको उत्साहलाइ मर्न दिने छैनौ जसरि चुनाव अगाडी भोट माग्न आएका थियौ तेसैगरी जितेपछि आसिर्बाद लिन आएकाछौ हामि सधै पालिकाबासि जनताको सेवक भएर काम गर्ने पालिका उपाध्यक्ष जित बहादुर खड्का (जेबी)ले बताउनु भयो!
-यस्तो छ प्रतिबद्धता:
प्रस्ताबना
नेपालको संबिधान
२०७२ अनुसारनेपालको कायम भएका ७५३ स्थानीय तह मध्ये उदयपुरगढी गाउपालिका पनि एक हो । भौगोलिक रुपमा करिब एक तिहाइ जमिन मात्र समथर रहेको यस गाउँपालिका ८६ मिटर सामुदायिक सतह रहेको चुरे भावर देखि १९०० मिटरमा महाभारत शृखला सम्म फैलिएको छ । बहुजाती, बहुधार्मिक, बहुसस्कृतिक बिशेषता बोकेको यस गाउपालिकामा बिकासका प्रचुर सम्भावना हुदाहुदै पनि हालसम्म बिकासको हिसाबले सुरुआतिअबस्थामा रहेको छ ।
परम्परागतखेती प्रणाली,बैदेशिक रोजगार शुन्य, उधोग,निम्न आयश्रोत आदि कमजोर अबस्थाझेलीरहेका यस गाउपालिकाले स्पष्ट र ठोस योजना सहितकोलक्ष्य तय गर्न आवश्यक छ । दलहरुले लिने कार्यदिशा र बिकासकोयोजनाले स्थानिय तहको बिकासलाई दिशानिर्देन गर्दछ । अघिल्लो कार्यकालमा गा्रमिण बिधुतीकरण , वडा न.५ मा सिमेन्ट उधोग स्थापनाको प्रारम्भ , नमुना बिद्यालय, प्राबिधिक शिक्ष्ाँ जस्ता जनमुखी कार्यक्रमको सुरुवाट भैसकेको छ । स्थानिय तह आफैमा एक सरकार सञ्चालन ऐन २०७४ को मर्म र भावना अनुरुप स्थानिय नेतृत्वको बिकास गर्दै स्थानीय शासन पद्दतीलाई सुदृढ गरी स्थानीय तहमा बिदायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकारको नेतृत्वको निणर्ायक भुमिका रहन्छ । समग्र बिकासलाई गतिशिल रुपमा अघि बढाउन सहकार्य, सहअस्तित्व र सहमतिय राजनीति संस्कारको आबश्यकतालाई आत्मासात गर्दै हालको गठबन्धन कायम गरिएको हो । अघिल्लो कार्यकालमा प्रारम्भ गरिएको महत्वपुणर् कार्यक्रमलाई निरन्तरता दिदै आगामी ३० बैशाक २०७९ का दिन सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्बाचनमा गठबन्धन दलहरु ( ( नेपाली कांगे्रस, नेकपा माओबादी र नेकपा एकिकृत समाजबादी ) को तर्फबाट बिषयगत क्ष्ँेत्रको आधारमा क्ष्ँेत्रको आधारमा संयुक्त रुपमा निम्न अनुसारको प्रतिबद्दता जाहेर गर्दछौ ।
१. आर्थिक बिकास:
क. कृषि र पशुपालन तथा सिंचाई, मल, बिउ र प्राबिधिक सहायता तथा अनुदान मार्फत कृषि र पशुपालनमाआधुनिकीकरण गर्ने ।पब तथा बाली बिमा कार्यक्रम र चक्लाबन्दी खेती प्रणाली प्रयोगमा ल्याउने , कृषि उपज भण्डारण, संरक्षणका लागि सबै वडामा लघु चिस्यान केन्द्र स्थापना गर्ने ।
ख. ब्यापारः मुख्य बजारलाई स्मार्ट टाउनमा स्तरीकृत गर्ने तथा अन्य वडाहरुमा एक वडा एक बजारको पुर्वाधार बिकास गर्ने ।
ग. पर्यटकः उदयपुरगढी लगायत गाउँपालिकाले पहिचान हरेकगन्तब्यहरुमा पर्यटक प्रबर्द्धन कार्यक्रम संचालन गर्ने सम्भाब्य स्थ्ाँनहरुमा घरबास कार्यक्रमलाई प्रोत्साहन गर्ने ।
घ. बितिय क्ष्ँेत्रः सहकारी संस्थाहरुको सुदृढीकरण, वचत समुह तथा बितिय सस्थाहरुलाई ऐन बनाई नियमन र ब्याबस्थान गर्ने कर प्रणालीलाई बैज्ञानिक रुपमा ब्यबस्थित गर्ने ।
ङ. प्राकृतिक श्रोत तथा उधोगः गाउपालिकाभित्र रहेको बन, खनिज, नदी प्राकृतिक श्रँेतको पहिचान गर्ने र सिमेन्त, काठ आदी उधोग स्थापना गर्ने ।
च. रोजगारी तथा उधमशीलताः बिपन्न महिला, युवा तथा अपांग भएका ब्याक्तिहरुलाई लक्षित गरी सीप बिकास तालिम सञ्चालन तथा अनुदान कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्ने ।
२. पुर्वाधार बिकास
क. सिंचाईः सतह तथा लिफ्टिरु प्रबिधिबाट सिंचाई ब्यबस्था गर्ने
ख. सडकः गाउपालिकाको केन्द्रदेखि सबै वडा कार्यलय जोड्ने र मुख्य बजारका सडकहरु कालो पत्रे गर्ने तथा शाखा सडकहरुको स्तरनोन्नती गर्ने । सबै वडा छुने गरी रिरु रोड निर्माण सुरुवात गर्ने ।
ग. बिधुतीकरणः सामुदायिक बिधुतीकरणलाई बिधुत प्राबिधिकरणमा हस्तान्नतरण गरी १ बर्ष भित्रमा सबै घर घरमा बिधुत सेवा पुर्याउने ।
घ. संञ्चार तथा सुचनाः टेलिफोन टावर बिस्तार गरी सबै ठाउमा नेटवर्क पुर्याउने तथा सार्बजानिक स्थलहरुमा फ्री वाईफाइ को ब्याबस्था मिलाउने ।
ङ. खेलकुदः सबै वडाहरुमा खेल मैदान लगायत खेलकुदका अन्य आबश्यक पुर्वाधारहरु ब्याबस्था गरी क्षमता बिकास गर्ने ।
च. बस्ति बिकास तथा जग्गा ब्याबस्थापनः एक वडा एक नमुना गाउ कार्यक्रम । एैलानी जग्गा तथा अब्याब्यस्थित बसोबास ब्याबस्था गर्ने । भुक्षय तथा बाढी पहिरो नियन्त्रणको कार्यहरु गर्ने ।
३. सामाजिक बिकास
क. सामाजिक सुरक्षाः बिपन्न तथा प्रकोप पिडित परिवारको लागि राहत कार्यक्रम सञ्चालनमा ल्याउने । सबै प्रकारको सामाजिक बिभेद र हिंशा रोक्न आबश्यक ऐन बनाई प्रभाबकारी कार्यन्वयन गर्ने । अध्ययन र आबश्यकताका आधारमा सशुल्क र निशुल्क रुपमा सञ्चालन हुने गरी ज्येष्ठ नागरीक आवास गृह
स्थापना र ज्येष्ठ नागरिक पार्क निर्माण गर्ने । ज्येष्ठ नागरिक एबमअसक्तहरुको बर्षमा कम्तिमा एक पटक घरमै निःशुल्क स्वास्थ्य
परिक्ष्ँणको ब्यबस्था गर्ने ।
ख. शिक्षा दरबन्दि मिलान र दरबन्दिः सिर्जना मार्फत शिक्षक ब्याबस्थापन, प्रबिधिमैत्री सिकाई, भौतिक सुबिधा बिस्तार, आवाससहितको सिकाई ब्याबस्था, बिपन्न लक्षित छात्रवृति, प्राबिधिक शिक्ष्ाँमा पहुच वृदि आदि कार्यक्रम मार्फत गुणस्तरीय शिक्षाको ब्याबस्था गर्ने ।
ग. संस्कृतिः गाउ पालिका भरीका सबै प्रकारका भाषा धर्म र संस्कृतिको अभिलेखीकरण तथा प्रबद्र्दन गर्ने ।
गउपालिकाको केन्द्रमा ऐतिहासिक तथा बहुजातिय संग्रालय स्थापना गर्ने । ऐतिहाशिक स्थान उदयपुरगढीको संरक्षण, सम्बर्दन र प्रसारको लागि संस्कृति तथा पर्यटन मन्त्रालय एंब नेपाली सेनासंग
समन्वय गरी आवश्यक कार्य गर्ने ।
घ. खानेपानी तथा सरसफाईः सतह तथा लिफ्टिरु प्रबिधि मार्फत एक घर एक धारा निर्माण गरी शुद्द खानेपानी उपलब्ध गराउने र ब्याबस्थित सरसफाई सुबिधामा सबैको पहुच पुर्याउने ।
ङ. स्वास्थ्य सबै वडाहरुमा एम्बुलेन्स सेवा सञ्चालनः सबै वडँहरुमा वर्थिड सेन्टर स्थापना गर्ने । स्वास्थ्य बिमा कार्यक्रम बिस्तार, विशेसज्ञ सहितको अस्पताल निर्माण ।
च. टोल बिकास संस्थाः आगामि ५ बर्षभित्र सबै घर धुरिलाई टोल बिकास संस्थामा आबद्ध गर्ने।
छ. शान्ति सुरक्ष्ाँः आबश्यक स्थानमा प्रहरी (जनपथ, शसस्त्र, टा्र्र्फिक) को ब्याबस्थ्ाँ गर्ने ।
४.वातावरण तथा विपद ब्याबस्थापन
क. बिपद ब्यावस्थापनका लागि प्रत्येक वडामा खुल्ला स्थान छनोट गरी आधारभुत पुर्वाधार बिकास गर्ने । बारुण यन्त्र लगायचत अग्नि नियन्त्रणका उपकरण ब्याबस्था गर्ने ।
ख. वस र्पाक ब्याबस्थापन गर्ने ।
ग. ठोस फोहोरमैला ब्याबस्थापनका लागि ल्याडफिल्ड साइज निमाणर् सम्भाब्यता अध्ययन गरी स्थान छनाट गर्ने । फोहोर मैला ब्याबस्थापन गर्ने ।
घ. सामुदायिक बनमा पर्या पर्यटन तथा प्राकृतिक बगैचा कार्यक्रमलाई प्रा्त्साहन गर्ने ।
ङ. भुकम्प, वाताबरण तथा मौसम पुर्वानुमान केन्द्र स्थापनाका लागि पहल गर्ने ।
५. संस्थागत बिकास सेवा प्रबाह तथा शुसासन
क. जवाफदेहि र पारदर्शि सेवा सुनिश्चित गर्ने
ख.आवधिक योजना निर्माण गरी सोहि अनुसार कार्यक्रम सञ्चालन गर्ने ।
ग. योजना निर्माण र कार्यान्वयनमा सरोकारवाला आम नागरीकहरुको सहभागिता सुनिश्चित गर्ने ।
घ. विषयगत बिज्ञ समुहको गठन गरी परामर्श सेवा रु. संघ, प्रदेश तथा अन्य दातृ निकायहरुसंग समन्वन गरी थप बिकासका कार्यलाई अगाडी बढाउने ।
च. आगामी ५ बर्ष भित्रमा मानब अधिकार तथा सुशासनमैत्री गाउपालिका घोषणा गर्ने ।
छ. योजना कार्यान्वयन प्रकृयालाई थप प्रभाबकारी, चुस्त र दुरुस्त बनाउने ।
ज. सहज ढंगले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन आवश्यक कार्य गर्ने ।
प्रकाशित मिति-२०७९/०२/२०