काठमाडौं– एनआइसी एसिया बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभाद्वारा पारित गत आर्थिक वर्ष ०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरित १९ प्रतिशत बोनस सेयर धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएको छ ।
उक्त सेयर माघ २ गते नेप्सेमा सूचीकरण भएको बैंकले जनाएको छ । अब उक्त बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ रुपैयाँ पुगेको छ । बोनस सेयर धितोपत्रको दोस्रो बजारमा माघ ५ गतेदेखि कारोबार गर्न मिल्ने गरी सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
नआइसी एसियाले ३३९ शाखा, ४७१ एटिएम, ८८ वटा विस्तारित काउन्टर एवं ७८ वटा शाखारहित एकाइबाट सेवा दिइरहेको छ । यो मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । यसले २२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ । बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यो बैंकले गत आर्थिक वर्षमा दुई अर्ब ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको बताइएको छ ।