OU २०७९ वैशाख१९
आउदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार लाई ठूलो झड्का लागेको छ।नेकपा एमाले बाटै सक्रिय युवा नेता बसन्त पौडेलले पालिका अध्यक्षमा बागी उम्मेदवार हालेपछी झड्का लागेको हो।
नेकपा एमाले फुटेर माधव नेपाल टिम बाहिरिएपछि एमालेमा निकै ठूलो सङ्कट पर्दा पार्टी संगठन को निम्ति दरो खम्बा भएर उभिएको पौडेलको भनाई छ।
संगठन निर्माण देखि विभिन्न सङ्कटमा पार्टीको निम्ति सङघर्ष सबैको बराबर हुन्छ्भन्ने हेक्का नराखि अबसर एकैजनालाई सधै दिने र कार्यकर्ताहरु लाई सधै झोला बोकाउने नजरले मात्र हेर्ने हो भने पार्टिले खोजेको परिवर्तन,समृद्ध नेपाल सुखी नेपाली को नारा मा मात्र सिमित हुने पौडेलले बताए ।
बिगत ७४ सालको स्थानीय चुनावमापनि पौडेलको चर्चा चलेको थियो,युवा भएको कारण जोस जागर मात्र हैन जनताले खोजेको बिकास र निकास मा आफू सक्षम भएको र पार्टीले पटक पटक घात गरेपछी स्वतन्त्र उठ्न बाध्य भएको जानकारी दिए।
पहिलो चरण बाटै पालिका अध्यक्षमा चक्र बहादुर तामाङ ,खिलराज कार्की,खेम पाचे मगर,वसन्त पौडेल,गोपाल खत्री थियो भने उपाध्यक्षमा मिना कुमारी राई (रन्जु),कुमारी घले,सोभा कुमारि मगरको नाम चर्चामा थियो ।पहिलो प्रस्ताब नाम खिलराज कार्की र कुमारी घलेको थियो सोहि अनुसार निर्णय भएको खबर बाहिर आएपनी निकै ठूलो रस्साकस्सी र रातारातको दौडधुपपछि अध्यक्षको टिकट गोपाल खत्रीले ल्याए भने उपाध्यक्षमा कुमारी घले नै निश्चित भएको थियो।तेइ पनि निर्वाचन मनोनयन गर्नेबेलामा सोभा कुमारि मगर सङ्ग हेरफेर भएको पौडेलको भनाइ छ।यसरिनै झिलिमिलि झिल्ला को रुपमा पार्टीलाई राख्ने हो भने संगठन निर्माण हुन नसक्ने र एकदुई जनाको पेवा जस्तो गर्नुले पार्टीनै धरापमा परेको आरोप समेत लगाएका छन।
हाल पौडेलले स्वतन्त्र टिम सङ्ग मिलेर पालिका अध्यक्ष वसन्त पौडेल ,उपाध्यक्ष तिलक मगर र वडाहरुमा पनि स्वतन्त्र सङ्गै टिम बनाएर जित्ने लक्ष्य बोकेर हिनेको बताए।
तेस्तै गठबन्धनको तर्फबाट पालिका अध्यक्षमा भुतपुर्व पालिका अध्यक्ष मान बहादुर केप्छाकी मगर नेकपा समाजबादी “एस”को तर्फबाट उपाध्यक्षमा जेबि खड्का नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार छन।