गजल
(मीर- २४ )
तिम्रो आँखामा त्यस्तो पर्दा के काे हाे ?
हिउँलाई आगाे देख्छाै शङ्का के काे हाे ?
**
आफैँ भित्र छ ईश्वर चिन्न सकेनौ कहिले
निष्प्राण मूर्ति छ मन्दिरमा पूजा के को हो?
**
ए प्रतिबिम्ब ! हृदय कालै त नहाेला मेरो !
मै जस्ताे नदेखाउने यो ऐना के काे हाे ?
**
आफ्नो चित्कार दबाउँछ यसैले त अचानो !
खुकुरीले बुझ्दैन यहाँ ऐया के को हो ?
**
घायल किनारसँग के सवाल जवाफ गर्छौ !
प्रष्ट छ आँखा अगाडि नै नतिजा के को हो
**
हिम्मत भए जुधाऊ नजर, नजरसँग आऊ
ती आँखामा चलखेल र रेला के काे हाे ?
**
छ चन्दन निधारमा मनमा के के जप्छौ भन
चाँडै फस्टाएका छाै धन्दा के काे हाे ?
**
ओ ‘ नेता जी’ काे हाै चिन्दिनँ म तिमीलाई
देख्दिनँ चन्द्रसूर्य ! तिम्रो झण्डा के को हो ?
© सुमी पाेखरेल
उदयपुर